बेनिशासँग बिहे गरेपछि आर्यनसँग रिसाइन् केकी (फोटो फिचरसहित)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

nepali movie "Mahasus" marriage of Aaryan and Benisha

nepali movie "Mahasus" marriage of Aaryan and Benisha

Aaryan Sigdel and Keki Adhikari in Mahasus Movie
वास्तविक जीवनमा त नायक आर्यन सिग्देल अविवाहित नै हुन् । तर उनले चलचित्रको पर्दामा भने नायिका बेनिशा हमालसाग बिहे गरेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बेनिशा र आर्यनको बिहे भएको देखाइन्छ । तर आर्यनले अर्की नायिका केकी अधिकारीसाग पनि चक्कर चलाएका छन् । यसैले पनि चलचित्र  ‘महशुश’ यतिबेला चर्चा र कौतुहलतामा रहेको छ ।

असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।

चलचित्र ‘महशुश’ आर्यन सिग्देलका लागि निक्कै महत्वपुर्ण छ । गतबर्ष २ वटा सिनेमा असफल भएकाले पनि आर्यन एक सफल सिनेमाको खोजीमा छन् । अर्कोतिर नायिका हमाल र अधिकारीका लागि पनि ‘महशुश’ महत्वपुर्ण रहेको छ । केकी र वेनिशाले सिने नगरीमा आएपछि खासै सफल चलचित्र दिन सकेका छैनन् । तर पनि आर्यन, केकी र वेनिशा दर्शकको रोजाइको कलाकारमा पर्छन् । यसैले पनि ‘महशुश’लाई दर्शकले मन भित्रैबाट महशुश गर्ने निर्माणपक्षको विश्वास छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस