विदेशबाट अलपत्र परेर फर्केका पुरुषलाई काठमाण्डौंमा आश्रय गृह
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
५ साउन, काठमाण्डौं । वैदेशिक रोजगारीमा समस्या परेर बेखर्ची भएर फर्केका पीडित पुरुष कामदारलाई आश्रय दिन राजधानीमा ‘सुरक्षित गृह (सेल्टर होम)’ खुलेको छ । महिला सुरक्षित गृहहरु सञ्चालन हुँदै आए पनि पुरुष सुरक्षित गृह यो पहिलो हो ।
साउदी अरबबाट फर्केका कामदारले ४ बर्षदेखि खोलेको एक संस्था ‘प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)’ ले अन्य संस्थाको आर्थिक तथा भौतिक सहयोगमा गृह सञ्चालन गरेको हो । त्यसको भाडा तिर्न एनआरएन कतारले २ लाख रुपैयाँ र ‘सुरक्षित आप्रवासन परियोजना’ सामीले वेड, कुर्ची, फर्निचर, किचन सामाग्री, रंगरोगन, टीभीलगायतका भौतिक सहयोग दिएको छ । गृहमा ३ कोठामा १० बेड छन् । धोबीखोला नजिक मध्यबानेश्वरको देवीनगरस्थित भद्रघले बहुमुखी क्याम्पससँगै एक घरमा बिहीबारदेखि गृह सञ्चालनमा आएको कान्तिपुर दैनिकमा खबर छ । ‘३० बेडसम्म बनाउने योजनामा छौं’ पीएनसीसीका अध्यक्ष महेन्द्र पाण्डेले भने, ‘यो बस्न मात्र होइन पीडित कामदारलाई परेका समस्यामा सहयोग पुर्याउन पनि हो ।’
पीएनसीसीले पीडित र बेखर्ची भई खाना बस्न र घर जानबाट रोकिने अवस्था भएका कामदार २ सातासम्म गृहमा राखी कानुनी, स्वास्थ्य लगायतका उपचार र निकायसँग समन्वय गराउने भएको छ । सेल्टरका होम संयोजक देवीप्रसाद खत्रीका अनुसार पीडित कामदारलाई चिया, खाजा, खाना, व्यक्तिगत सरसफाइका सामग्री र सञ्चार सम्पर्क गर्ने संस्थाले बेहोर्ने छ । - Onlinekhabar.com

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |